पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त
बुधबार, १६ पुस २०८२, १५ : २३
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२ पुस १४ गतेको निर्णयानुसार उनलाई सो पदमा नियुक्त गरिएको हो।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्रीले उपकुलपतिको सिफारिसमा डा. श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा २१ को उपदफा (१) बमोजिम नियुक्त गरेका हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालचिकित्सा विभागमा कार्यरत डा. श्रेष्ठको पदावधि चार वर्षको रहनेछ।
मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा डा. श्रेष्ठको नियुक्तिले प्रतिष्ठानको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण