आर्सनलविरुद्ध एभर्टनलाई पेनाल्टी नदिने रेफ्रीको निर्णय गलत भएको ठहर
सारांश
- एभर्टनले आर्सनलविरुद्धको खेलमा पेनाल्टी पाउनुपर्ने ठहर प्रिमियर लिगको प्यानलले गरेको छ।
- खेलको ५७औं मिनेटमा सालेबाले ब्यारीलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टी नदिएका थिए।
- एभर्टनका प्रशिक्षक डेभिड मोयसले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै केही क्लबलाई मात्रै फाइदा हुने आरोप लगाए।
लण्डन । प्रिमियर लिगको ‘कि म्याच इन्सिडेन्ट्स’ प्यानलले डिसेम्बर २० मा आर्सनलसँग १-० ले पराजित भएको खेलमा एभर्टनले पेनाल्टी पाउनुपर्ने ठहर गरेको छ।
हिल डिकिन्सन स्टेडियममा भएको उक्त खेलको ५७औं मिनेटमा आर्सनल १-० ले अगाडि रहेको अवस्थामा विलियम सालिबा र एभर्टनका स्ट्राइकर थिएर्नो ब्यारीबिच पेनाल्टी क्षेत्रभित्र टक्कर भएको थियो। ब्यारी बलमा पहिले पुगेका थिए तर आर्सनलका फ्रान्सेली डिफेन्डर सालिबाले उनको बुटमा हिर्काउन पुगेका थिए।
मैदानमा रहेका रेफ्री साम ब्यारोटले पेनाल्टी नदिने निर्णय गरेका थिए, जसलाई प्यानलले ३-२ को बहुमतले गलत भएको बताएको छ। प्यानलले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) माइकल सालिसबरीले मुख्य रेफ्रीलाई मोनिटरमा गएर निर्णय सच्याउन सुझाव दिनुपर्नेमा पनि ३-२ कै मत दिएको छ।
प्यानलका तीन सदस्यले सालिबाले बलमा कुनै सम्पर्क नगरी ब्यारीलाई असावधानीपूर्वक लात्ती हानेको र यो स्पष्ट गल्ती भएको उल्लेख गरेका छन्। यद्यपि, अन्य दुई सदस्यले भने पर्याप्त प्रभाव नपरेको र प्रतिक्रिया ढिलो भएको भन्दै पेनाल्टी नदिने निर्णयकै समर्थन गरेका थिए।
एभर्टनका प्रशिक्षक डेभिड मोयसले यस्तै प्रकृतिका अन्य घटनामा पेनाल्टी दिइएको भन्दै रेफ्रीको निर्णयप्रति अन्योल र आक्रोश व्यक्त गरेका छन्। उनले दुई दिनपछि नटिङ्घम फरेस्टविरुद्ध फुलहमले पाएको पेनाल्टीलाई उदाहरणका रूपमा प्रस्तुत गरे, जसलाई प्यानलले सर्वसम्मतिले सही ठहर्याएको थियो।
मोयसले फुलहमले पेनाल्टी पाउँदा र आफ्नो टोलीले नपाउँदा आफू स्तब्ध भएको बताउँदै केही निश्चित क्लबले मात्र यस्ता निर्णय आफ्नो पक्षमा पार्ने गरेको आरोप समेत लगाए। पाँच सदस्यीय यस प्यानलमा तीनजना पूर्व खेलाडी वा प्रशिक्षक र प्रिमियर लिग तथा पीजीएमओएलका एक–एक प्रतिनिधि रहने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण