सुदूरपश्चिममा सबैभन्दा ठुलो दल बन्यो नेकपा, चुनावै नलडी रास्वपाको भयो १ सिट
सारांश
- सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्र, नेकपा एस र नाउपाबीच एकता भएपछि नेकपा सबैभन्दा ठूलो दल बनेको छ।
- एकता पश्चात नेकपाको प्रदेश सभामा २२ सिट पुगेको छ, तर एकीकृत समाजवादीका नेता निलम्बन भएपछि २१ सिट कायम छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशी रास्वपामा प्रवेश गरेपछि प्रदेश सभामा रास्वपाको एक सिट कायम भएको छ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बिच एकता भएपछि सबैभन्दा ठुलो दल भएको हो ।
प्रदेश सभामा साबिक माओवादीको सभामुख सहित ११ जना, एकीकृत समाजवादीको ४ जना र नाउपाको ७ जना सदस्य रहेका थिए । नेकपाले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँग पुस १४ एकता सहमति गरेको थियो ।
एकीकृत पार्टी बनेपछि प्रदेश सभामा नेकपाको २२ सिट पुगेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बन भएकाले अहिले २१ सिट छ । ५३ सदस्यीय प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १८, नेकपा एमालेको ११, राप्रपा र स्वतन्त्रको एक/एक सदस्य छन् ।
पार्टी एकता भएपनि संसदीय दल एकीकृत हुने क्रममा रहेको प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए । संसदीय दलको नेता खगराज भट्ट फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय हुने उनले जानकारी दिए ।
‘समानुपातिक बन्दसूची मिलाउनका लागि खगराजजी काठमाडौँ जानुभएको छ । उहाँ फर्किएर आएपछि बैठक बसेर एकताको निर्णय गर्नेछौँ’, उनले भने ।
यस्तै निर्वाचन भएको ३७ महिनामा प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत एक सिट कायम भएको छ । २०७९ सालमा स्वतन्त्रबाट निर्वाचित सदस्य डा. ताराप्रसाद जोशी रास्वपामै भएकाले एक सिट कायम भएको हो ।
त्यतिबेला स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचनमा रास्वपा गठन भएकाले प्रदेश सभामा एक सिट पनि थिएन । मंसिर १७ गते उर्जामन्त्री समेत रहेका कुलमान घिसिङले उज्यालो पार्टी खोलेपछि जोशी सोही पार्टीमा खुलेका थिए ।
वार्ता टोलीका संयोजक समेत रहेका पुस १४ गते रास्वपासँग एकता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण