सत्यनारायणलाई व्यवसायी सारडाले प्रत्येक महिना १० हजार रुपैयाँ सहयोग गर्ने
सारांश
- व्यवसायी विकास सारडाले एमबीबीएस अध्ययनरत सत्यनारायण साफीलाई मासिक १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
- सारडाले आफ्नो ४७ औं जन्मदिनको अवसरमा सिरहाका साफीसँग लिखित सम्झौता गरे।
- यो सहयोग साफीको एमबीबीएस अध्ययन जारी रहेसम्म जारी रहनेछ, तर पढाइ छाडेमा बन्द हुनेछ।
काठमाडौँ । एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा निकाल्न सफल भएका सत्यनारायण साफीलाई व्यवसायी विकास सारडाले प्रत्येक महिना १० हजार रुपियाँ सहयोग उपलब्ध गराउने भएका छन् ।
एमबीबीएस पढ्न छात्रवृत्तिमा नाम निकालेपनि खानबस्नसहितका अन्य खर्चपनि लाग्ने गर्छ । सोही कारण उनको पढाइलाई सहज गराउन व्यवसायी सारडाले आफ्नो ४७ औँ जन्मदिनको उपलक्ष्यमा सो घोषणा गरेका हुन् ।
घोषणाअनुसार उनले आजै सिरहा बरियारपट्टी गाउँपालिका २ सिरिपुरकासाफीसँग लिखित सम्झौता नै गरेका छन् ।
जिल्ला उद्योग वाणिज्य संघ लहान–सिरहाका अध्यक्षसमेत रहेका व्यसायी सारडाले प्रत्येक महिना आफ्नो खाताबाट सत्यनारायण बैंक खातामा १० हजार रुपैयाँ पठाउने सहमति गरेका छन् । यो सहयोग सत्यनारायणको एबीबीएस अध्ययन जारी रहेसम्म दिने बताइएको छ । यदि बिचमा पढाई छाडेमा सहयोग पनि बन्द हुने सहमति पत्रमा उल्लेख छ ।
‘यो हाम्रो सामाजिक दायित्व पनि हो, मैले साफी भाइलाई उनको पढाइमा सहयोग पुग्ने गरी मासिक १० हजार दिने प्रतिबद्धता जनाइसकेको छु, उनले भने, ‘मानवीयताका नेताले सत्यनारायण भाइलाई सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेको छु, कुनै कारणवश उनले पढाई बिचैमा छाडे वा पुरा नगरे सहयोगको सम्झौता पनि त्यसै दिनबाट अन्त्य हुन्छ ।’
उनले आर्थिक अवस्थाका कारण विगतमा आफ्नी बहिनिलाई एमबीबीएस पढाउन नसकेको बताउँदै स्मरण गर्दै उनले आज सत्यनारायणलाई पनि आर्थिक अवस्था कारण पढाइमा समस्या नआओस् भनेर सहयोग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण