कोइला बालेर सुत्दा निसास्सिएर शिशुको मृत्यु, आमासहित ३ जना अचेत
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा एक शिशुको मृत्यु भएको छ, भने अन्य तीन जना बेहोस भएका छन्।
- मृत्यु हुनेमा ३८ दिनकी शिशु प्रतीक्षा बुढा छिन्, भने अन्य बेहोस हुनेहरूमा आमा र भदैनी रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, र चिसोबाट बच्न कोइला बाल्दा सावधानी अपनाउन आग्रह गरेको छ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् । उनको कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी करिब ३२ वर्षीया तारा, उनकी करिब १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा कोठामा कोइला बालेर सुतेका थिए ।
आज बिहान ९ : ४५ बजेसम्म पनि उनीहरू नउठेपछि घरबेटीले बोलाउन जाँदा छोरा प्रकाश बुढाले ढोका खोलेका थिए । ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने १० वर्षीय छोरा प्रकाशको अवस्था सामान्य रहेको छ ।
बेहोस भएका सबैलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ छ । अहिले अस्पतालमा ताराका श्रीमान् गोपी बुढाको उपस्थितिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादले बताए।
उनका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्कासहितको प्रारम्भिक कार्य सम्पन्न गरिसकेको छ । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
चिसोबाट बच्न झ्याल ढोका थुनेर कोइला वा ब्रिकेट बालेर सुत्दा अक्सिजनको कमी भई यस्ता दुर्घटना हुने गरेकाले प्रहरीले सचेत रहन आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण