कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले बुक गरे भृकुटीमण्डपकाे हल
सारांश
- नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डप बुक गरेका छन्।
- विशेष महाधिवेशनको माग गर्दै २,४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए।
- पार्टीले बेवास्ता गरेको भन्दै विशेष महाधिवेशनका लागि हल बुक गरिएको हो।
काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपकाे हल बुक गरेका छन् ।
विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिना पुग्न लाग्दा पनि पार्टीले बेवास्ता गरेको भन्दै हल बुक गरिएको उनीहरू बताउँछन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता मनोजमणि आचार्यले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपकाे हल बुक गरिएको जानकारी दिए ।
‘हामीले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपकाे हल बुक गरेका छौँ । पार्टीले नियमित महाधिवेशन गरेन । दुई दिन विशेष महाधिवेशन हुन्छ,’ आचार्यले बिहीबार रातोपाटीसँग भने ।
हल बुक गर्नका लागि लेखनाथ पोखरेल गएको आचार्यले बताए । हल बुक गरिसकेपछि पार्टीलाई जानकारी गराइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण