सेयर बजारमा १२.८३ अङ्कको गिरावट, ४ अर्ब ७१ करोडको कारोबार
सारांश
- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.८३ अङ्कले घटेर २६२०.९२ विन्दुमा झर्यो।
- आजको बजारमा कारोबार रकम घटेर ४ अर्ब ७१ करोडमा सीमित भयो, जसमा ३३६ कम्पनीका शेयर कारोबार भए।
- विन नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत वृद्धि हुँदा एसवाई प्यानलको मूल्यमा पनि वृद्धि भयो।
काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक १२.८३ अङ्कले घटेर २६२०.९२ विन्दुमा ओर्लिएको हो ।
बिहीबार बजारमा कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब ७१ करोडमा सीमित भएको हो ।
आज कुल ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये जम्मा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बजारका १३ समूहका सूचकमध्ये आज अन्य बाहेक सबै समूह घटेका छन् । सबै समूहका सूचकको घटबढ एक प्रतिशत भन्दा कम रहेको छ ।
बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एसवाई प्यानलको मूल्य ९.०९ प्रतिशत र हिमस्टार ऊर्जाको मूल्य ८.०९ प्रतिशतले बढेको छ। आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डमा १० प्रतिशत मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नै शीर्ष स्थानमा रह्यो । यो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।
त्यसैगरी शिवम् सिमेन्टको १३ करोड ८० लाख र बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण