बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

डेडलाइन २१ फागुन : ५१ प्रकारका निर्वाचन सामग्री प्रयोग हुने, निर्वाचन आयोगले अहिलेसम्म के–के काम गर्‍यो ? (विवरणसहित)

बिहीबार, १७ पुस २०८२, २१ : ४४
बिहीबार, १७ पुस २०८२

सारांश

  • निर्वाचन आयोगले फागुन २१ मा हुने निर्वाचनका लागि मतपेटिका र मतपत्र छाप्ने कागज खरिद नगर्ने जनाएको छ।
  • आयोगले निर्वाचन कार्यतालिका बनाई योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ, जसमा समानुपातिक निर्वाचनका लागि बन्द सूची लिइएको छ।
  • यसपटक समानुपातिकतर्फ बन्द सूची पेस गर्ने दलको संख्या ६४ रहेको छ भने उम्मेदवारको संख्या ३४२४ जना रहेको छ।

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपेटिका र मतपत्र छाप्ने कागज किन्न नपर्ने जनाएको छ । यसअघि भएको निर्वाचनकै स्टक रहेकाले मतपेटिका र कागज किन्न नपर्ने आयोगले जनाएको हाे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पूर्व तयारीको अवस्थाबारे आयोगले बिहीबार दिएको जानकारी अनुसार चुनावको मिति घोषणा हुनासाथ आयोगले सम्पादन गर्नुपर्ने निर्वाचन सम्बन्धी क्रियाकलापहरू समेटेर निर्वाचन कार्यतालिका तयार गरी योजनाबद्ध रूपमा काम गरिरहेको आयोगले जनाएको छ ।

पुस १३ र १४ गते समानुपातिक निर्वाचनका लागि बन्द सूची लिएको आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न मतपेटिका र कागजको मौज्दात पर्याप्त रहेकाले खरिद गर्न नपर्ने जनाएको हो । निर्वाचनमा ५१ प्रकारका निर्वाचन सामग्री प्रयोग हुने र त्यसमध्ये ३७ प्रकारका सामाग्रीहरू विकेन्द्रित रूपमा प्रदेश तथा जिल्लाबाट र १४ प्रकारका सामाग्री मात्र केन्द्रबाट खरिद गरिने आयोगले जनाएको छ ।

त्यस्तै आयोगले खरिद तथा छपाई गरिने १४ प्रकारका सामाग्रीहरू खरिद र छपाइको प्रक्रियामा रहेको पनि जनाएको छ । २०७९ मा ८७ वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएकोमा २०८२ मा यो सङ्ख्या ११४ पुगेको छ ।  ११४ वटा दलमध्ये १०२ दलहरूले आ–आफ्नो निर्वाचन चिन्हमा र बाँकी १२ दलहरूले ५ एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिँदै छन् ।

यो पटक समानुपातिकतर्फ बन्द सूची पेस गर्ने दलको सङ्ख्या ६४ रहेको (आ–आफ्नो चुनाव चिन्हमा भाग लिने ५४ ओटा र एक भन्दा बढी दलले एकल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने दलहरू ४ वटा चुनाव चिह्नमा १० दल) उम्मेदवारको सङ्ख्या ३४२४ जना रहेको छ ।

यस्तो छ आयोगले गरेको पूर्वतयारी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप