बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनादेश पार्टी र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग आजपाले गर्‍यो ५ बुँदे सहमति

आजपाको मोबाइल चुनाव चिह्न लिएर संसदीय निर्वाचनमा सहभागी हुने
बिहीबार, १७ पुस २०८२, २० : ४७
बिहीबार, १७ पुस २०८२

सारांश

  • आम जनता पार्टी, जनादेश पार्टी र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच चुनावी तालमेलको सहमति भएको छ।
  • सहमतिअनुसार, यी पार्टीहरूले आगामी निर्वाचनमा आजपाको चुनाव चिन्ह प्रयोग गर्नेछन्।
  • सहकारी पीडित र लघुवित्त पीडित लगायतका समूहलाई चुनावी मोर्चामा ल्याउने सहमति भएको छ।

काठमाडौँ। आम जनता पार्टी (आजपा), जनादेश पार्टी र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)बीच संसदीय निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा पाँच बुँदे सहमति भएको छ। सहमतिअनुसार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान र जनादेश दुबैले आजपाको मोबाइल चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागिता जनाउने भएका छद्द् ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, जनादेश पार्टीका अध्यक्ष रमणकुमार कर्ण र महासंघका अध्यक्ष कुशल खत्रीबीच भएको सहमतिले सहकारी पीडित, लघुवित्त पीडित र विभिन्न सामाजिक समूहलाई एउटै चुनावी मोर्चामा ल्याउने आधार तयार गरेको हो ।

सहमति पत्रमा सहकारी पीडितहरूको बचत फिर्ता, वित्तीय ठगीका पीडितलाई न्याय दिलाउने र पीडितमैत्री नीति निर्माणलाई संयुक्त चुनावी घोषणापत्रका मुख्य एजेन्डाका रूपमा अघि सार्ने उल्लेख छ। ती एजेन्डालाई केन्द्रमा राख्दै आगामी संसदीय निर्वाचनमा संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने तीनै पक्षबीच सहमति भएको जनाइएको छ।

आजपा अध्यक्ष प्रभु साहले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मोबाइल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने निर्णयलाई ऐतिहासिक सहमति भएको बताए। यसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आम जनताको पक्षमा जित सुनिश्चित गर्न थप बल पुग्ने उनको भनाइ छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले आजपाको मोबाइल चुनाव चिन्ह प्रयोग गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवार उठाउने सहमति पत्रमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप