प्रहरीमा दुईवटा एसएसपी पद स्थानान्तरण गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति
सारांश
- गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले दुई एसएसपी पदलाई जनपद समूहतर्फ ल्याउन सहमति दिएको छ।
- ओएण्डएम अनुसार, केनाइन र सवारी महाशाखाका एसएसपी दरबन्दी अब जनपदमा स्थानान्तरण हुनेछन्।
- सम्पत्ति शुद्धीकरण विभागका प्रहरी कर्मचारीलाई स्थानान्तरण गर्न र प्रहरी अस्पतालमा दरबन्दी हेरफेर गर्न पनि सहमति मिलेको छ।
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ रहेका दुईवटा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद जनपद समूहतर्फ ल्याउने गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृहले प्रस्ताव गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मा अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।
ओएण्डएम अनुसार प्रहरीको केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी अब जनपद समूहतर्फ स्थानान्तरण हुने भएको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई पनि त्यहाँबाट स्थानान्तरण गर्न पनि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘अर्थबाट सहमति भएर आएको फाइल निर्णयको लागि मन्त्रिपरिषद्मा पेस भएको छ ।’
सम्पत्ति शुद्धीकरण विभाग पुलचोकमा एसपीको नेतृत्वमा कार्यरत प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरो स्थित महाशाखामा स्थानान्तरण गर्न ओएण्डएम समितिले प्रस्ताव गरेको थियो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेसँगै आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा छुट्टै महाशाखा गठन गरिएको थियो ।
प्रहरी अस्पतालमा अन्य तहको दरबन्दी कटौती गरेर डीएसपी र एसपीको दरबन्दी बढाउने प्रस्तावमा पनि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको छ । नयाँ ओएण्डएम अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीको फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयमा ल्याइँदै छ ।
ओएण्डएम गर्न गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव काली प्रसाद पराजुलीको संयोजकत्वमा समिति गठन भएको थियो । समितिमा प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक रेग्मी, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य थिए ।
मङ्सिर ८ मा बसेको मन्त्रिपरिषद्ले प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण