बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

शुक्रबार, १८ पुस २०८२, १२ : १७
शुक्रबार, १८ पुस २०८२

सारांश

  • गुल्मीमा विद्यार्थी बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा मोटरसाइकलमा सवार एक बालक र एक शिक्षिका घाइते भएका छन्।
  • बस वनभोजका लागि हिँडेको थियो र दुर्घटनाको कारण खुल्न बाँकी छ।

बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसले मालिका–७ अर्जे राम्चेको ओरालोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी घाइते भएका छन् । यस्तै सोह्यी दुर्घटनामा पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लीला अर्याल समेत घाइते भएकी छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वनभोज लैजान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप