बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भेनेजुएला अमेरिकासँगकाे वार्ताका लागि खुला छ : राष्ट्रपति मदुरो

शुक्रबार, १८ पुस २०८२, १४ : ५९
शुक्रबार, १८ पुस २०८२

सारांश

  • भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकासँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन्।
  • मदुरोले लागूपदार्थ तस्करी र तेलको बारेमा वार्ता गर्न चाहेको बताएका हुन्।
  • अमेरिकी सेनाले लागुऔषध तस्करीको शङ्का लागेका जहाजहरूमाथि आक्रमण गर्दा धेरैको मृत्यु भएको छ।

कारकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सरकार अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन् । आफ्नो सरकारविरुद्ध अमेरिकाले हप्तौँदेखि चलाइरहेको दबाब अभियान पछि मदुरोले बिहीबार भेनेजुएला अमेरिकासँग लागूपदार्थ तस्करी र तेलका विषयमा वार्ता गर्न खुला रहेको बताएका हुन् ।

भेनेजुएलाको सरकारी टिभीसँगको एक अन्तर्वार्तामा मदुरोले भने, ‘भेनेजुएला अमेरिकाले जहाँ चाहन्छ त्यहीँ र जहिले चाहन्छ त्यति नै बेला वार्ता गर्न तयार छ ।’ 

उनले अमेरिकाले भेनेजुएलाको बन्दरगाहमा आक्रमण गरेको हो भन्ने प्रश्नको भने उत्तर दिएनन् । सो आक्रमण सीआईएले गरेको बताइएको थियो । अमेरिकी सेनाले विगत तीन महिनादेखि क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा लागूपदार्थ तस्करी गरेको शङ्का लागेका जहाजहरूलाई निशाना बनाउँदै आएको छ ।

ट्रम्प प्रशासनको लागुऔषध विरुद्धको युद्धअन्तर्गत अहिलेसम्म ३० भन्दा बढी जहाजहरूमाथि आक्रमण गरिसकेको छ । सेप्टेम्बर २ मा अमेरिकाले डुङ्गामाथि पहिलो आक्रमण गरे यताका आक्रमणमा ११० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

पछिल्लो आक्रमण बुधबार भएको थियो । लागुऔषध बोकेको आशंका गरिएका दुई डुङ्गामा आक्रमण गर्दा ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप