‘गोबर गणेश’ले आमाको कथा भन्छ : बल्छी धुर्बे
काठमाडौँ । कलाकार निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म ‘गोबर गणेश’ आमाको कथामा बनेको बताए । फिल्ममा आमाको साथसाथै अनपढ व्यक्तिको कथा र संघर्ष पनि रहेको उनको भनाई छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले फिल्म सबैका लागि उपयुक्त रहेको दाबी गरे । कार्यक्रममा फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष समेत फिल्ममा रहेको अनुमान ट्रेलरबाट गर्न सकिन्छ । घरमा पुलपुलिएर बसेको छोरो सहरमा आएर आफ्नै कमाइमा बाच्नु पर्दाको कठिन समय र आमाले छोरोको दयनीय अवस्था थाहा पाउँदाको क्षण ट्रेलरमा छ ।
माघ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म श्रेष्ठले नै निर्देशन गरेका हुन् । बल्छी धुर्वे फिल्मस्को प्रस्तुति रहेको फिल्ममा श्रेष्ठको पनि मुख्य भूमिका छ । वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेको अभिनय समेत फिल्ममा देख्न सकिन्छ ।
योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन फिल्ममा छ । फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्दैछ ।
कार्यक्रममा अभिनेत्री वर्षा सिवाकोटी, पुजन घिमिरे, सितादेवी तिमल्सिना लगायतले अभिनय अनुभव सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण