मेरो जनप्रतिनिधि
सारांश
- जनप्रतिनिधिले न्यायको विपक्षमा काम गरेको, जनतालाई बेवास्ता गरेको र व्यक्तिगत स्वार्थमा लागेको कुरा व्यक्त गरिएको छ।
- जनप्रतिनिधिले समाजमा अराजकता फैलाउने, युवाहरूलाई दास बनाउन खोज्ने र विभाजनकारी नीति लिने गरेको आरोप लगाइएको छ।
- जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता महत्त्वपूर्ण विषयहरूलाई बेवास्ता गर्दै विलासितापूर्ण जीवन बिताएको कुरा उल्लेख गरिएको छ।
मैले उसलाई न्यायको पक्षमा बोल्न
र, अन्यायको विपक्षमा बोल्न भोट दिएँ
र, भोटसँगै
खादा, माला, आसन, भाषण, रासन
सिंहासन र बेतन पनि दिएँ,
र, सँगसँगै उसलाई घुम्ने कुर्सी पनि दिएँ,
वातानुकूलित कोठा, भिजिट भिसा र महँगो गाडी पनि दिएँ
बदलामा,
आफूले खाडी लिएँ
तर, आज उ न्यायको विपक्षमा बोल्छ
अन्यायको पक्षमा बोल्छ,
उ निर्धाको विपक्षमा बोल्छ
बलियाको पक्षमा बोल्छ ।
उ जहाँ बोल्नुपर्ने, त्यहाँ मौन छ
र, जहाँ सुन्नु पर्ने त्यहाँ बोल्छ
छिमेकी मुलुकसँगको सीमा विवादमा भिजेको बिरालोझैँ छ
तर निर्धा जनताविरुद्ध बाघ बनेर गर्जन्छ ।
उ अझै पनि जनतालाई मूर्ख र दास ठान्छ
सोझा जनता र युवा माझ प्रलोभनको जाल फाल्छ
उ आफू भन्दा ठुलो कसैलाई देख्दै देख्दैन
आफू भन्दा ठुलो कोही ठान्दै ठान्दैन
समाजका वास्तविक ऊर्जा पुञ्जहरूलाई
नामेट पार्न चाहन्छ ।
उ आफै अराजकता सृजना गर्न उक्साउँछ
आफै मुद्दा मिलाउन अघि सर्छ
यसरी नै उ आज हाम्रो नेता हो
र यसै गरी नेता, मालिक र मसिहा बनी रहन चाहन्छ
युवाहरू माझ मुद्दा मिलाउन सक्ने मसिहा बनेर
उनीहरूलाई दास बनाउन चाहन्छ ।
उसले आफ्नो वर–पर भजन मण्डली राखेको छ
मण्डली नाइकेहरू अलिक बढी बक्सिस पाउँछन्
बाँकीहरू आशै आसमा खैँजडी बजाउँछन्
चापलुस, चाकर र गुलामहरूलाई औधी माया गरे जस्तो गर्छ
तर, तीनैमध्ये कसैले फरक मत राखे तुरुन्तै आँखा तर्छ ।
न उसलाई यहाँ रोजगारी चाहिएको छ
न उसलाई यहाँका जनतालाई खुसी दिनु छ
न उसले उमार्न सकिने पालुवाहरू उगाउनु छ
न उसले बन्जर खेत फुटाउने श्रम गर्नुछ
न उसलाई नव पिँढीलाई सक्षम, स्वस्थ र संस्कारी बनाउनु छ,
न उ नव पिँढी दुर्व्यसनको सिकार भएको देख्छ
न उसले आफ्नो वतनको बदनाम भएको देख्छ
न उसले शिक्षा, स्वास्थ्य, रोजगारीको चित्कार देख्छ
न उसले खोसिएका गाँसहरू देख्छ
न उसले ढलेका आसहरू देख्छ
न उसले पलायन भएका सम्भावनाहरू देख्छ
न उसले आफ्नो धर्म संस्कृतिमा आक्रमण देख्छ
न उसले जोगाउनु पर्ने पर्यावरणमा सङ्क्रमण देख्छ
न उसले वर्गीय दलन देख्छ
न उसले असहायहरूको जलन देख्छ
न उ फाटेका मनहरू देख्छ
न उसले फाटेका सामुदायिक सम्बन्धहरू देख्छ
न उ सामाजिक एकताको सूत्र लेख्छ
बरु उ ‘विभाजन गर र शासन’ गरेको मन्त्र पढ्छ
र, जाती, धर्म, समुदाय, वर्ग र राजनीतिको अराजनीति गर्छ,
उ रोम जल्दै गर्दा बाँसुरी बजाउने निरो जस्तो
विवेकहीन किरो जस्तो
बिहान सन्टासमा मस्त
दिउँसो भोज–भतेरमा मस्त
राती अबेर सहवासमा मस्त
‘आग लगे बस्ती में, हम तो चले मस्ती में’
अस्तव्यस्त, ध्वस्त, छरपस्ट
उ मेरो जनप्रतिनिधि !
बेलौरी, कञ्चनपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण