छत्तीसगढमा सुरक्षाकर्मीसँगको मुठभेडमा १४ माओवादी मारिए
सारांश
- छत्तीसगढको बीजापुर र सुकमा जिल्लामा सुरक्षाकर्मी र माओवादीबीचको मुठभेडमा १४ माओवादी मारिए।
- मुठभेड स्थलबाट एके-४७, इन्सास राइफल र एसएलआर जस्ता हतियारहरू बरामद गरियो।
- माओवादी नेता देवा बारसेले २० जना अन्य माओवादीसहित हैदराबादमा आत्मसमर्पण गरे।
छत्तीसगढ । भारतको छत्तीसगढ राज्यस्थित माओवादी प्रभावित बीजापुर र सुकमा जिल्लामा सुरक्षाकर्मीसँग भएका छुट्टाछुट्टै मुठभेडमा कम्तीमा १४ जना माओवादी मारिएका छन्।
बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार सशस्त्र माओवादीहरूको उपस्थितिको ठोस सूचनाका आधारमा सुरक्षा बलले सर्च अपरेशन सुरु गरेको थियो। मुठभेड स्थलबाट हालसम्म १४ वटा शव बरामद भइसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।
सुकमा जिल्लाबाट १२ र बीजापुरबाट दुई जना माओवादीको शव फेला परेको छ। मुठभेड स्थलबाट सुरक्षा बलले एके–४७, इन्सास राइफल र एसएलआर जस्ता ठूलो परिमाणका हतियारहरू समेत बरामद गरेको छ।
बीजापुरमा बिहान पाँच बजेदेखि र सुकमामा बिहान आठ बजेदेखि सुरक्षाकर्मी र माओवादीबिच पटक–पटक गोली हानाहान भएको थियो। सो क्षेत्रमा अहिले पनि सुरक्षा बलको सर्च अपरेशन जारी छ।
यसैबिच, छत्तीसगढका चर्चित माओवादी नेता देवा बारसेले २० जना अन्य माओवादीसहित हैदराबादमा आत्मसमर्पण गरेका छन्। तेलङ्गाना प्रहरीले बारसेको आत्मसमर्पणको पुष्टि गरेको छ।
भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ मार्च ३१ सम्ममा देशबाट माओवादी आन्दोलन समाप्त गर्ने समयसीमा तोकेपछि पछिल्लो समय सुरक्षा कारबाही निकै तीव्र पारिएको छ। गत एक वर्षमा मात्रै बस्तर क्षेत्रमा भएका ९९ वटा मुठभेडमा २५६ जना माओवादी मारिएको सुरक्षा निकायको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण