रास्वपाको लक्ष्य १५१ सिट हो, अब २१ बाट सिधै बहुमत पुर्याउँछौँ : स्वर्णिम वाग्ले
सारांश
- रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा १५१ सिट जित्ने लक्ष्य राखेको बताए।
- उनले देशको अस्थिरता अन्त्य गर्न बहुमत आवश्यक रहेको र ५०-६० सिटमा चित्त नबुझाउने कुरा प्रष्ट पारे।
- वाग्लेले पुराना दलहरूको असफलताले जनताले रास्वपालाई विकल्पका रूपमा हेरेको र भारी बहुमत दिनेमा विश्वस्त रहेको बताए।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले १५१ सिट जित्ने लक्ष्य राखेको दाबी गरेका छन्। पोखरामा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले रास्वपा अब सानो संख्यामा खुम्चिएर कसैको ‘म्याजिक नम्बर’ वा सत्ताको वैशाखी बन्ने पक्षमा नरहेको स्पष्ट पारे।
उनले २१ सिटबाट ५०–६० सिटमा पुगेर चित्त बुझाउनु पार्टीका लागि सहज बाटो भए पनि देशको अस्थिरता अन्त्य गर्न पूर्ण बहुमत नै अपरिहार्य रहेको बताए। ‘५०–६० सिट ल्याएर सरकारमा च्याखे थाप्ने वा म्याजिक नम्बरको खेलमा लाग्ने हाम्रो बाटो होइन,’ उनले भने, ‘अबको हाम्रो संकल्प २१ बाट एकैपटक १५१ सिटको हो। यो चानचुने कुरा होइन, तर मुलुकलाई निर्णायक धक्का दिन बहुमत आवश्यक छ।’
संसदमा २१ जना सांसदको सानो समूह भए पनि रास्वपाले ठूला दलको अहंकारलाई चुनौती दिएको उनले स्मरण गरे। दुई तिहाइको दम्भले रास्वपालाई भित्तामा पुर्याउने प्रयास गरिएको र लोकतान्त्रिक संस्कार बोकेका आफूहरूलाई संसद बहिष्कार गर्नुपर्ने स्थितिमा पुर्याइएको गुनासो उनले पोखे।
विगत ३५ वर्षदेखि कांग्रेस, एमाले र माओवादीले पाएको अवसरलाई दुरुपयोग गरेको टिप्पणी गर्दै वाग्लेले पुराना दलहरूको असफलताले गर्दा नै जनताले रास्वपालाई विकल्पका रूपमा हेरेको दाबी गरे।
उनले आगामी निर्वाचनपछि रास्वपाले मुलुकको बागडोर सम्हाल्ने र उन्नत राजनीतिको अभ्यास सुरु गर्ने बताए। जेनजी आन्दोलन र वैकल्पिक शक्तिको लहरका कारण जनताले यसपटक रास्वपालाई भारी बहुमत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण