रास्वपाको पार्टी प्रवेश कार्यक्रममा उज्यालो नेपाल गएन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा भएको कार्यक्रममा उज्यालो नेपाल पार्टी सहभागी भएन।
- कार्यक्रममा २ हजारभन्दा बढीले रास्वपामा प्रवेश गरे, जसमा पूर्वमन्त्री र एमाले नेताहरू पनि थिए।
- उज्यालो नेपाल पार्टीले एकता प्रक्रिया नसकिएको र समायोजनको खाका स्पष्ट नभएका कारण कार्यक्रममा भाग नलिएको जनायो।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजितक बृहत् पार्टी प्रवेश कार्यक्रममा साविक उज्यालो नेपाल पार्टीले सहभागिता जनाएन । पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा २ हजारभन्दा बढीले पार्टी प्रवेश गरेका रास्वपाको दाबी छ ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, मिलन थापासहित एमाले नेता पुष्प अधिकारीलगायत प्रवेश गरेका थिए । तर उक्त कार्यक्रममा उज्यालो नेपाल पार्टी सहभागी भएन । पार्टीको एकता प्रक्रिया नसकिएका कारण आफूहरू कार्यक्रममा सहभागी नभएको उज्यालोका प्रदेश संयोजक मनराज गुरुङले जानकारी दिए ।
‘केन्द्रमा सहमति भए पनि रास्वपाको ब्यानरको कार्यक्रममा सीधै गइहाल्ने अवस्था भएन,’ उनले भने, ‘माथिदेखि तलसम्म कसरी समायोजन गरेर लैजाने भन्ने विषयमा स्पष्ट खाका नआइसकेको र पार्टी नेतृत्वबाट पनि अहिले नै स्पष्ट नभई सहभागी नहुन निर्देशन भएकोले हामी नगएका हौँ ।’
पार्टी एकताको औपचारिक घोषणा भइसकेपछि पनि केहीले एकतामा असहमति जनाएका छन् ।
रास्वपाका तर्फबाट कार्यक्रमका लागि निम्तो आए पनि सांगठानिक र प्राविधिक विषयहरू स्पष्ट भएपछि मात्र संयुक्त अभियानमा होमिने गुरुङले सुनाए । ‘अहिले रास्वपाले आफ्नो नियमित कार्यक्रम गरिरहेको छ । हाम्रो तर्फबाट एकीकरणलाई मूर्त रूप दिने प्राविधिक विषयमा अझै छलफल चलिरहेको छ । यी कुरा स्पष्ट भएपछि हामी समायोजनसहित अभियानमा सहभागी हुनेछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण