झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।
पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो ।
उनी यही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित भएका थिए । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए । विसं २०६४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको छ । उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बू, हिरा थापा र भोजकुमारी नेपालको नाम आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।
झापामा पाँचवटा निर्वाचन क्षेत्र छन् । झापा निर्वाचन क्षेत्र नं १, २ र ३ को उम्मेदवारको नाम आइतबारसम्ममा सिफारिस भइसक्ने उनले बताए । हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले ‘सर्कुलर’ गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण