सुदूरपश्चिमका १० उत्कृष्ट विद्युत् ग्राहक सम्मानित, धनगढीको भोल्टेज समस्या हल गर्ने प्राधिकरणको प्रतिबद्धता
सारांश
- नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका उत्कृष्ट १० ग्राहकलाई सम्मान गरेको छ।
- प्राधिकरणका कार्यकारी निर्देशकले लो-भोल्टेज समस्या समाधान गर्ने र गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाए।
- सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, नेपाल टेलिकम, र विभिन्न उद्योगहरू छन्।
धनगढी । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी विद्युत् खपत गर्ने र समयमै महसुल बुझाउने १० वटा उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ।
शनिबार आयोजित एक कार्यक्रमका बीच प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ती ग्राहकहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे।
धेरै बिजुली खपत गर्ने र नियमित महसुल तिर्ने भिआइपी ग्राहकका रूपमा उनीहरूलाई सम्मान गरिएको प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ।
सम्मानित हुने संस्थाहरूमा धनगढी उपमहानगरपालिका, नेपाल टेलिकम, सेती प्रादेशिक अस्पताल र भाटभटेनी सुपरमार्केट रहेका छन्। त्यस्तै, औद्योगिक क्षेत्रतर्फ लक्ष्मी कत्था उद्योग, आरपी एग्रो इन्डस्ट्रिज, भागेश्वर फ्लोर मिल, मल्टी पोलिमर प्रालि, रौराबाबा ग्रामीण विद्युत् सहकारी संस्था र गोदावरी फ्लोर मिल सम्मानित भएका छन्।
सोही कार्यक्रममा बोल्दै प्राधिकरणका उप–कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले धनगढीमा गर्मीयाममा देखिने लो–भोल्टेजको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। यसका लागि तत्काल नयाँ लाइन विस्तार गर्ने, ट्रान्सफर्मर थप्ने र १३२ केभीको सब–स्टेसन निर्माण प्रक्रिया अघि बढाउने उनले बताए।
त्यस्तै, प्रमुख कार्यकारी निर्देशक शाक्यले विद्युतको गुणस्तर सुधार गर्दै लोडसेडिङ हुन नदिने बताए। उनले अबदेखि उत्कृष्ट ग्राहकका गुनासा तत्काल सम्बोधन गर्न र हरेक वर्ष उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने परिपाटी बसाल्न मातहतका कार्यालयलाई निर्देशन समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण