बारा–३ बाट सिफारिस नभएपछि पूर्वमन्त्री साह भन्छिन्, ‘म माथि अन्याय भयो’
बारा । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेको बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलाबाट यस पटक पूर्वमन्त्री ज्वालाकुमारी साह सिफारिस हुन असफल भएकी छन् ।
शनिबार बसेको क्षेत्रीय भेलाले निर्वाचनमा सहभागी हुन इच्छुक ३ जनाको मात्रै नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर ७ जनाले उम्मेदवारीमा दाबी गरेपछि सहमति हुन सकेन ।
त्यसपछि भेलाले कानुनी बाटो अपनाएर आन्तरिक निर्वाचन गर्यो । निर्वाचनमा क्षेत्र नं ३ का वडा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्यहरू, नगर कमिटी र गाउँपालिका कमिटी अध्यक्ष तथा सचिव गरी ४६ जना मतदानमा सहभागी भएका थिए ।
निर्वाचनमा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले ४६ मत प्राप्त गरेका थिए भने यस समिउल्लाहले ३७ मत र सीमा ठकुरीले ३६ मत पाए ।
यसअघि बारा ३ बाट निर्वाचित ज्वालाकुमारी साहले जम्मा ४ मत प्राप्त गरेको प्रदेश कमिटी सदस्य किशोर शर्माले जानकारी दिए । उम्मेदवारीको दाबी गर्नेमा बारा–१ का निवर्तमान सङ्घीय सांसद अच्युत मैनालीकी पत्नी टिना सुवेदीले भने शून्य मत प्राप्त गरेकी थिइन् ।
‘जसले बढी मत ल्याएका छन् उनीहरूको नाम पठाउने भनेर ३ जनाको नाम हामीले जिल्लालाई पठायौँ,’ शर्माले भने ‘क्षेत्रले पठाएको नाम आज जिल्ला कमिटीले अनुमोदन गरेर पठाउँछ ।’
एमालेले पुराना उम्मेदवारलाई लिएर निर्वाचनमा जान नसकिने भन्दै यस पटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने आवाज उठेको छलफलमा सहभागीहरूले जनाएका छन् ।
यता, पूर्वमन्त्री तथा बारा–३ की निवर्तमान सङ्घीय सांसद ज्वालाकुमारी साहले उम्मेदवार छनोट प्रक्रियामा क्षेत्रीय समितिले अधिकार मिचेर गलत प्रक्रिया अपनाएको आरोप लगाएकी छिन् । ‘मैले सुरुमै बहिष्कार गरेर निस्किएको हो, यो मान्य हुँदैन,’ साहले भनिन्, ‘म माथि अन्याय भएको छ । आज जिल्लामा छलफल भएर मेरो नाम सिफारिस भएर जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण