ओखलढुङ्गामा शृङ्खलाबद्ध हत्या गर्ने ४ जना पक्राउ
सारांश
- ओखलढुङ्गामा लुटपाटको उद्देश्यले तीन जनाको हत्यामा संलग्न चार जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा चिशंखुगढीका व्यक्तिहरू छन्, जसले असोजमा एक महिला र पुसमा एक दम्पतीको हत्या गरेका थिए।
- प्रहरीले उनीहरूको साथबाट हत्यामा प्रयोग भएका हतियार, लुटिएका सुनका गहना र अन्य सामान बरामद गरेको छ।
ओखलढुङ्गा । ओखलढुङ्गामा लुटपाटको उद्देश्यले दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा चिशंखुगढीका संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी दीपक पोखरेलले जानकारी दिए । उनीहरुले गत असोजमा रत्नकुमारी कटवालको हत्या गरेको आरोप छ ।
त्यसको तीन महिना पछि पुस १५ गते चिशंखुगढी–६ मा शोभितमान थापामगर र रत्नमाया थापामगरको हत्या गरेको प्रहरीले जनाएको छ । ६० वर्षे दम्पतीलाई कोदालो प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको समूहले एकान्तमा रहेका र नगद, सुन भएका व्यक्तिहरूलाई निशाना बनाएर क्रूरतापूर्वक हत्या गरी लुटपाट गर्ने गरेको खुलेको छ। उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी, लुटिएको सुन पगालेर बनाइएको औँठी, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ।
पक्राउ परेकाहरू विरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण