पूर्वप्रदेश प्रमुख झाको मुद्दामा पेशीका लागि सूचना दिने आदेश
सारांश
- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणी मुद्दामा पेशीका लागि सूचना दिने आदेश भएको छ।
- अहिराजलाई गत साउन १४ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ।
- २३ वर्षीया युवतीले अहिराजले बानेश्वरस्थित डेरामा बलात्कार गरेको आरोप लगाएकी छिन्।
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दामा पेशीका लागि सूचना दिने आदेश भएको छ । झाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामकृष्ण खड्काको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सुनुवाइ सुरु भए लगतै राजेश झाको कानुन व्यवसायीले पेशीको जानकारी नभएको बताएपछि पेसीको जानकारी दिने आदेश भएको हो ।
गत साउन १४ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए ।
करिब नौ दिनको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अहिराजविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वर स्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको दाबी गरेकी छन् ।
अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार अहिराजले ४ जेठ ०८१ मा युवतीलाई बलात्कार गरेका थिए । त्यसपछि उनले घटना सार्वजनिक नगर्न ज्यान मार्ने धम्की दिएका थिए । बलात्कृत युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार अहिराजले पैसा र पावर हुनेको कानुन रहेको भन्दै मुख थुनेर बलात्कार गरेका थिए ।
‘मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभयो । हल्ला गर्ने, चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । चिच्याइस् भने करणी गरी मारिदिन्छु । तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तँलाई कसले मार्यो कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ पीडित युवतीले बयानमा भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण