रास्वपामा थपिएका चार पदाधिकारी बालेन–कुलमान समूहलाई दिइने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी एकीकरण एवं विस्तार कार्यान्वयनका लागि सम्झौता कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
रास्वपाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पुस १३ र १४ गते सात/सात बुँदे सहमति गरेको थियो ।
सोही सहमति अनुसार आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो । थपिएको चार वटा पदाधिकारी कुलमान र बालेन समूहलाई दिइएको स्रोतले बतायो ।
‘६०/४० को अनुपातमा समायोजन गरिएको हो । रास्वपाले ६० प्रतिशत र बालेन समूहलाई ४० प्रतिशत हिस्सा दिने सहमति भएको छ । सोही अनुसार थपिएको चार वटा पदाधिकारी थप्ने जिम्मा बालेनले नै पाएका छन् । उहाँले क–कसलाई बनाउनु हुन्छ, त्यो थाहा भएन’, स्रोतले भन्यो ।
यसअघि नै उपसभापति पद भने घिसिङलाई दिने सहमति भइसकेकाे छ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण