सात दशकपछि नागरिकता पाउँदा...
सारांश
- खोटाङका केशरबहादुर बुढाथोकीले ७ दशकपछि नागरिकता लिएका छन्।
- रोजगारीको लागि भारत गएका बुढाथोकी ५६ वर्षपछि फर्किएर नागरिकता बनाए।
- नागरिकता नहुँदा छोरीहरुको समस्या भएपछि उनले नागरिकता लिएका हुन्।
खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सात दशकपछि पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। विसं २०१३ फागुन ७ गते जन्मिएका उनले आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट नागरिकता प्राप्त गरेका हुन्। १४ वर्षको उमेरमा घरबाट भागेर रोजगारीका लागि भारत गएका बुढाथोकी ५६ वर्षपछि जिल्ला फर्किएर नागरिकता बनाएका हुन्।
लामो समय भारतमा बसेर फर्किएपछि कञ्चनपुरमा मजदुरी गर्ने क्रममा उनले स्थानीय लीला भट्टसँग विवाह गरेका थिए। नागरिकता नहुँदा आफ्ना दुई छोरीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा समस्या भएपछि उनले ढिलै भए पनि नागरिकता लिने निर्णय गरेका हुन्। कक्षा १२ मा अध्ययनरत जेठी छोरीलाई बुबाको नागरिकता आवश्यक परेपछि उनी कञ्चनपुरबाट खोटाङ आएका हुन्। उनलाई जेठा दाजु मदनबहादुरले सनाखत गरेपछि प्रशासनले नागरिकता प्रदान गरेको छ।
नागरिकता पाएसँगै बुढाथोकीले अब श्रीमतीको विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गर्ने तयारी गरेका छन्। चेतना अभावका कारण नागरिकता नबनाउँदा धेरै परिवारका सन्तानले समस्या झेल्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकता प्राप्तिलाई सहज बनाउन पहल गरिरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले कुनै पनि नेपाली नागरिकता पाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सहज वातावरण निर्माण गरिएको बताएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
-
यी समस्या भएकाले खानु हुन्न गाईको घिउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण