यूके पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने तीन जना पक्राउ
सारांश
- प्रहरीले यूके पठाउने र आकर्षक तलब दिलाउने भन्दै रकम ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।
- प्युठानका इन्द्र बहादुर केसी र आइते तामाङले ७ जनाबाट १३ लाख ठगी गरेको आरोप छ।
- विजय गुरुङले एक जनाबाट ५ लाख ठगी गरी सम्पर्कविहीन भएपछि उनलाई पनि पक्राउ गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी, धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन्।
पक्राउ परेकामध्ये इन्द्र र आइतेले ७ जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको गोंगबुबाट बिहीबार पक्राउ गरेको हो। त्यस्तै विजय गुरुङले एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई आइतबार काठमाडौँको कुलेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेका इन्द्र र आइतेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण