‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा २५ प्रतिशत बढी आवेदन
सोमबार, २१ पुस २०८२, १३ : १८
सारांश
- सिटिजन्स क्यापिटल लिमिटेडको 'सिटिजन्स सन्तुलित योजना' मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखियो।
- यस योजनाका लागि १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ, जुन मागभन्दा २५ प्रतिशतले बढी हो।
- यस योजनामा सर्वसाधारण र संस्थागत लगानीकर्ताको उत्साहजनक सहभागिता रह्यो, जसले सिटिजन्स क्यापिटललाई स्थापित गर्यो।
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले निष्काशन गरेको ‘सिटिजन्स सन्तुलित योजना’ मा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ।
१ अर्ब रुपैयाँ आकारको यस चौथो बन्दमुखी योजनाका लागि पुस ४ गतेदेखि १८ गतेसम्म आवेदन खुला गरिएकोमा प्रारम्भिक विवरण अनुसार १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ। यो माग गरिएको रकमभन्दा २५ प्रतिशतले बढी हो।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूले उत्साहजनक सहभागिता जनाएका छन्। सिटिजन्स क्यापिटलका अनुसार हालसम्म सञ्चालनमा आएका म्युचुअल फण्डमध्ये धेरै आवेदन प्राप्त गर्ने योजनाहरूमा यो पनि सफल भएको छ। लगानीकर्ताहरूको यो विश्वासले सिटिजन्स क्यापिटललाई पूँजी बजारमा एक भरपर्दो र व्यावसायिक संस्थाको रूपमा स्थापित गरेको कम्पनीको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण