रुकुम पूर्वबाट निर्वाचन लड्न तयार भएका हुन् प्रचण्ड ?
सारांश
- आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रचण्डलाई रुकुम पूर्वबाट निर्वाचन लड्न प्रस्ताव गरिएको छ।
- प्रचण्ड निवासमा रुकुम पूर्वका नेताहरूले उक्त प्रस्ताव राखेका थिए, जसमा प्रचण्ड सकारात्मक देखिएका छन्।
- प्रचण्डले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका छन्, तर निर्वाचन लड्नेबारे निश्चित भइसकेको छैन।
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट निर्वाचन लड्न जिल्ला नेताहरूले प्रस्ताव गरेका छन् ।
आइतबार प्रचण्ड निवासमा रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, तीन पालिकाका निर्वाचित अध्यक्ष सहितका प्रतिनिधि मण्डलले उक्त प्रस्ताव गरेका हुन् ।
माओवादी जनयुद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा २०६४ सालदेखि नै नेकपा माओवादी केन्द्रले जित्दै आएको छ ।
नेताहरूले राखेको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएपनि यहीँबाट निर्वाचन लड्नेबारे कुनै जवाफ नदिएको पूर्वमन्त्री तथा स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।
‘रुकुम पूर्वबाट चुनाव लड्न सबैले आग्रह गर्नुभएको छ । तर निश्चित भने भएको छैन । पार्टीभित्र छलफल गरेर जवाफ दिन्छु भन्नुभएको छ’, उनले भनिन् ।
प्रचण्ड निवासमा जिल्लाका १५ जना केन्द्रीय सदस्य, तीन जना पालिका अध्यक्ष लगायत सहभागी भएका थिए । नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देश सभामा भाग लिन नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू छलफल गरेका थिए ।
जिल्लाले सिफारिस गरेर पठाएको उम्मेदवारको नाममा प्रचण्डको नाम छैन । उनी रुकुम पूर्वबाट उठ्न चाहेमा सबै जनाले उम्मेदवारी फिर्ता लिन तयार भएको अर्का एक नेताले बताए ।
सोही जिल्लाबाट उम्मेदवारमा सिफारिस हुनेमा केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुन, केन्द्रीय सदस्यहरू दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन ’मार्शल’, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण