एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण
सारांश
- एथलेटिक्स परिवार नेपालले साफ एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीहरूलाई खेल सामग्री वितरण गर्यो।
- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलाडीहरूलाई बेलायतबाट प्राप्त सामग्री प्रदान गरे।
- सन्तोषी श्रेष्ठ, सलिम देवान, र सीमाकुमारी चौधरी लगायतका खेलाडीहरूले सामग्री प्राप्त गरे।
काठमाडौँ । एथलेटिक्स परिवार नेपालको संयोजनमा साफ एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता र उदयीमान खेलाडीहरूलाई खेल सामग्री वितरण गरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलाडीहरूलाई प्रोत्साहन स्वरूप बेलायतस्थित ‘नेपाल रन युके’ बाट प्राप्त सामग्री प्रदान गरेका हुन्।
गत महिना भारतको राँचीमा सम्पन्न च्याम्पियनसिपमा ५,००० र १०,००० मिटर दौडमा दुईवटा काँस्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने धादिङकी सन्तोषी श्रेष्ठले सामग्री प्राप्त गरेकी छिन्। त्यस्तै, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान राख्ने त्रिभुवन आर्मी क्लबका सलिम देवान र नेपाल प्रहरीकी सीमाकुमारी चौधरीलाई पनि सामग्री प्रदान गरिएको छ।
अन्य उदयीमान खेलाडीहरू आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निशा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशका मिङमार सिंह तामाङले पनि प्रोत्साहन स्वरूप खेल सामग्री पाएका छन्। एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीका अनुसार विदेशमा रहेका नेपालीहरूको सहयोगमा खेलाडीहरूको मनोबल उच्च राख्न यो कार्यक्रम आयोजना गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण