च्याँखे थाप्ने र म्याजिक नम्बर इदरउदर गर्ने पार्टीमा रमाएनौँ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले च्याँखे थाप्ने पार्टीमा नलागेर देश बनाउने महाअभियानमा जोडिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा पार्टीले आयोजना गरेको बृहत् एकता समायोजन कार्यक्रममा बोल्दै वाग्लेले समावेशी र सामाजिक न्यायका लागि अभियानकै रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
‘रविजीले २०७९ सालमा ठुलो आँट र जोखिम मोलेर पार्टी खोल्नुभयो । उहाँले खुम्चिँदै गरेको अहिलेका पार्टीबाट पनि भविष्य खोज्न सक्नुहुन्थ्यो । तर त्यो बाटो रोज्नु भएन’, उनले भने, ‘२१ सिट मात्र हुँदा कसरी न्याँकेर अचेट्ने रहेछन् भन्ने कुरा संसद्मा देखिहाल्नुभयो । च्याँखे थाप्ने र म्याजिक नम्बर इदर उदर गर्ने पार्टीमा हामी रमाएनौँ । हामी अब बहुमतका साथ अगाडि बढेर देश बनाउने महाअभियानमा लाग्नेछौँ ।’
देशको अनुहार जस्तो छ, पार्टी र राज्यको अनुहार त्यस्तै हुनुपर्छ भन्ने कुरामा पार्टी प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व फुटबलमा स्पेनको ‘स्वर्ण युग’: पाँच वर्षमा १६ उपाधि
-
च्याउ खोज्न जाँदा बेपत्ता भएका महिलाहरु सम्पर्कमा
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण