पत्रकार महासङ्घ दक्षिण कोरियाको निर्वाचन कार्यक्रम सार्वजनिक
सारांश
- नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौं अधिवेशनको निर्वाचन जनवरी ११, २०२६ मा हुने भएको छ।
- नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता जनवरी ५ देखि ७ सम्म हुनेछ, जसमा विभिन्न पदका लागि शुल्क तोकिएको छ।
- अशोकप्रसाद मैनालीको संयोजकत्वमा रहेको निर्वाचन समितिले निष्पक्ष र पारदर्शी निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ।
सियोल । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन समितिले आगामी जनवरी ११,२०२६ मा अधिवेशन र मतदान सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन समितिका अनुसार आगामी तीन वर्षे कार्यकाल (२०२६/२०२९) का लागि नयाँ नेतृत्व चयन गर्न जनवरी ५ देखि ७ सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक नामावली जनवरी ८ मा प्रकाशन गरिनेछ भने दाबी–विरोध र फिर्ताका लागि जनवरी ९ को समय दिइएको छ। निर्वाचन समितिले जनवरी १० मा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ।
निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी शुल्क समेत निर्धारण गरिएको छ। अध्यक्ष पदका लागि ५ लाख कोरियन वन शुल्क तोकिएको छ भने वरिष्ठ उपाध्यक्षका लागि ३ लाख, उपाध्यक्ष र महासचिवका लागि २–२ लाख वन तोकिएको छ। यस्तै सचिव र कोषाध्यक्षका लागि १ लाख ५० हजार, सदस्यका लागि १ लाख र केन्द्रीय परिषद् सदस्यका लागि ३ लाख कोरियन वन शुल्क बुझाउनुपर्नेछ।
सहभागी हुन चाहने उम्मेदवारले महासङ्घको सदस्यता कार्ड, कोरियाको आइडी कार्ड र शुल्क बुझाएको भौचर अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
कोरिया शाखाका पूर्व अध्यक्ष अशोकप्रसाद मैनाली संयोजक रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। उम्मेदवारी फाराम र आवश्यक कागजात इमेलमार्फत पठाउन सकिने व्यवस्था मिलाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण