पुराना दललाई रविको चुनौती : ‘मुलुक संकटमा पर्छ कि भनेर चिन्ता नगर्नुस्, हामी सम्हाल्छौँ’
सारांश
- रास्वपा सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम रहेको बताए।
- उनले पुराना राजनीतिक दलहरूलाई चिन्ता नगर्न र देश जोगाउने तागत आफूहरूमा रहेको बताए।
- लामिछानेले देशलाई निराशातर्फ धकेलेको आरोप लगाउँदै निर्वाचन नै संकट समाधानको विकल्प भएको बताए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरूलाई अब चिन्ता नगर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देश जोगाउने तागत आफूहरूमा रहेको बताएका हुन्।
सभापति लामिछानेले पुराना दलका नेताहरूलाई लक्षित गर्दै भने, ‘तपाईंहरूको हातबाट जाँदा मुलुक संकटमा पर्ने हो कि भनेर चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। तपाईंहरूले बजेट भाषणमा मात्र सीमित राखेको संसदलाई जनचासोको केन्द्र बनाउने काम रास्वपाले नै गरेको हो।’ उनले अबको पुस्ताले बिग्रिएको अर्थतन्त्र, कमजोर वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दाबी समेत गरे।
उनले पुराना दलहरूले देशलाई निराशातर्फ धकेलेको र सम्भावना नै सम्भावना भएको मुलुकलाई सम्भावनाहीन बनाएको आरोप लगाए। ‘जुन राजनीतिले देशलाई हैतराम बनायो, मान्छेलाई देश छोडेर जाने बनायो, त्यो कस्तो राजनीति हो?’ लामिछानेले प्रश्न गरे। उनले आफूहरू राजनीतिक रूपमा परिपक्व हुँदै गएको र मुलुकलाई सही गन्तव्यमा पुर्याउन क्षमतावान् पुस्ता साथमा लिएर हिँडेको बताए।
सम्बोधनका क्रममा लामिछानेले अहिलेको राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गरे। उनले निर्वाचनको वातावरण खल्बल्याउने खालका कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै अबको निर्वाचनले देशको भविष्य बदल्ने जिकिर गरे। रास्वपाले संसदका हरेक अधिवेशनलाई नागरिक र युवाहरूले चासोपूर्वक हेर्ने वातावरण निर्माण गरेको भन्दै उनले आफ्नो पार्टीले छोटो समयमै जनताको भरोसा जितेको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण