सुपर खुदी हाइड्रोपावरको आईपीओ खुल्यो
सारांश
- सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्दैछ, जसमा स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूले आवेदन दिन सक्नेछन्।
- कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ, जसमा आयोजना प्रभावित स्थानीयका लागि सेयर छुट्याइएको छ।
- आवेदन दिने समय र प्रक्रिया स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि फरक-फरक तोकिएको छ, जसले गर्दा लगानीकर्ताले जानकारी लिनुपर्ने हुन्छ।
काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ खुला गरेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।
जसमा आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता छुट्याइएको छ ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । आवेदकले न्यूनतम १० तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीयबासीले माघ ६ देखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावितले बेसीशहरमा रहेका प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकका शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावितको सेयर लमजुङको मस्र्याङ्दी गाउँपालिका २, ३ का स्थानीयका लागि ४० प्रतिशत र सोही गाउँपालिकाका वडा नम्बर १,४,५,६,७, ८ र ९ का स्थानीयका लागि ६० प्रतिशत सेयर छुट्याइएको छ ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई १ लाख ५५ हजार कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले पुस २५ देखि माघ ६ गतेसम्म अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।
कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण