नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य
काठमाडौँ । विश्वकै दुर्लभ एकसिंगे गैँडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ। सन् २०२१ मा नेपालमा भएको गैँडा गणनामा चितवनमा ६९४ गैँडा थिए।
देशभर गरे ७५२ गैँडाको गणना भएको थियो। नेपालले सन् २०३० सम्म गैँडाको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको छ। त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन्।
यद्यपि, केही समयदेखि गैँडा मर्ने क्रम बढेकोले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन। यसबिच नारायणी नदी किनारमा विरलै देखिने गैँडाको दृश्य कैद भएको छ। एक भाले, एक आमा गैँडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए।
त्यसबिच प्रकृतिमा रम्दै भाले र पोथी गैँडाबिच प्रजनन क्रिया सम्पन्न भयो। करिब दुई घण्टासम्म चलेको प्रजनन प्रक्रियाको दुर्लभ तस्बिरहरू नेपालको गैँडा बढाउन गरिँदै आएका प्रयासको साक्षी बन्न सक्छ।
नेपालमा सन् २०२१ पछि गैँडा गणना भएको छैन। पछिल्लो समय नेपालमा गैँडाको सङ्ख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ।











तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण