रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
मङ्गलबार, २२ पुस २०८२, १२ : १२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
- बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र केन्द्रीय समिति विस्तारबारे छलफल हुनेछ।
- निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवार कार्यविधिबारे पनि छलफल हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण