ओलीको निर्देशनः देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले तयार रहनूस्
सारांश
- केपी शर्मा ओलीले आगामी निर्वाचन एकैपटक नहुन सक्ने आशंका व्यक्त गरे।
- ओलीले सरकारको कार्यशैली र साम्प्रदायिक घटनाक्रमले निर्वाचनको वातावरणमा संशय पैदा गरेको बताए।
- उनले निर्वाचनलाई आन्दोलनको रूपमा लिन र आन्तरिक तयारीलाई तीव्रता दिन निर्देशन दिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन एकै पटक हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले देशको वर्तमान परिस्थिति र सरकारको गतिविधिका कारण निर्वाचनको सुनिश्चिततामा अन्योल देखिएको ब्रिफिङ गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै निर्वाचन खण्ड–खण्डमा हुन सक्ने वा पछाडि धकेलिन सक्ने सम्भावना औँल्याए। ओलीले सरकारको कार्यशैली र मुलुकमा बढ्दै गएको साम्प्रदायिक घटनाक्रमले निर्वाचनको वातावरणमा संशय पैदा गरेको बताएका हुन्। ‘बाहिरी रूपमा निर्वाचनको माहोल बनेको जस्तो देखिए पनि सरकारको गतिविधिले एकै पटक निर्वाचन नहुन सक्ने स्थिति छ, त्यसैले हामी मनोवैज्ञानिक रूपमा तयार रहनुपर्छ,’ ओलीको निर्देशनलाई भट्टले सुनाए।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई ‘आन्दोलन’कै रूपमा लिन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। निर्वाचन कसरी र कुन स्वरूपमा हुन्छ भन्नेमा अझै स्पष्टता नभएकाले पार्टीले आफ्नो आन्तरिक तयारीलाई तीव्र पार्नुपर्नेमा उनले जोड दिएका छन्।
बैठकमा निर्वाचनको मोडालिटी र दलको रणनीतिको विषयमा नेतृत्व तहमा छलफल भइरहेको समेत जानकारी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण