कर्मचारीको हक, हितका पक्षमा सरकारको ध्यानाकर्षण
सारांश
- नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारलाई कर्मचारीका माग र मुद्दा सम्बोधन गर्न अनुरोध गरेको छ।
- सङ्गठनले निजामती सेवा ऐन लागू गर्न, कर्मचारीको वृत्ति विकास र ट्रेड युनियन अधिकार सुनिश्चित गर्न माग गरेको छ।
- कर्मचारी सङ्गठनले स्वास्थ्य, सुविधा, बाल स्याहार, र सामाजिक सुरक्षा जस्ता विषयहरूमा नीतिगत व्यवस्थाको माग गरेको छ।
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले उठाएका माग, मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ । यही पुस २० गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठका अध्यक्ष भवानी न्यौपाने दाहालले राष्ट्रसेवक कर्मचारीको वृत्तिविकाससहित मनोबल बढाउने सन्दर्भमा भएका निर्णय कार्यान्वयन गर्न अनुरोध गरेकी हुन् ।
बैठकले निजामती सेवा ऐन लागू गरी स्वास्थ्य र संसद् सेवाहरू समावेश गर्ने, तहगत मिलान गर्ने, लगातार पाँच वर्ष सेवा गरेको कर्मचारीलाई एक तह, १० वर्ष सेवा गरेकालाई एक श्रेणी बढुवा गर्ने, अन्तर तह, प्रदेश र स्थानीयस्तरको सरुवा पूर्वानुमानयोग्य र वैज्ञानिक बनाउने, ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने सन्दर्भमा गरेको निर्णय कार्यान्यवनका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।
यसैगरी कर्मचारी सङ्गठनका महासचिव रामचन्द्र अधिकारीले न्याय सेवा र सरकारी वकिल कर्मचारीको सुविधा तथा पारिश्रमिकसम्बन्धी ऐन सङ्घीय तहबाट जारी गर्ने, कर्मचारीको घर सापटी, रासन कार्ड, स्वास्थ्य सुविधा, बाल स्याहार, बिदा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने, सार्वजनिक सेवामा ‘शीघ्र सेवा–तीव्र विकास’ अभियान मार्फत नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नेलगायतका विषयमा भएको निर्णय सार्वजनिक गर्दै कर्मचारी हक, हितका पक्षमा नीतिगत तथा कानुनी व्यवस्था गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण