सुल्झियो वीरगञ्जको धार्मिक विवाद
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा उत्पन्न दुइ समुदायबिचको विवाद सुल्झिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी सम्झदारी गर्दै उत्पन्न विवाद सुल्झाउने निर्णय गरेको हो ।
आज अपराह्न ४ बजे सद्भाव र्याली निकाल्ने सहमति गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
सम्पन्न सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै वीरगञ्जको विवाद समाधान गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
यसैगरी सर्वपक्षीय बैठकले अन्य मुलुक वा स्थानमा भएको घटनालाई लिएर वीरगञ्जमा कुनै पनि पक्षले विरोध वा प्रदर्शन नगर्ने, यसको साटो पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिई ज्ञापनपत्रका लागि जोड दिने तत्पश्चात् मात्रै आन्दोलनका कार्यक्रम गर्ने लगायत सहमति गरेको छ ।
सामाजिक सदभावमा खलल नपुग्ने गरी सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्ने सहमति समेत भएको छ । सबै पक्षले आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन कायम राख्न प्रतिवद्धता व्यक्त गर्ने सहमति गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सोमबार हिन्दुवादी सङ्गठनहरुले आफ्नो धर्मका देवी देउतामाथि अभद्र टिप्पणी गरिएको भन्दै प्रदर्शन गर्न थालेपछि वीरगन्जको अवस्था बिग्रिँदै गएको थियो ।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसको विरोधस्वरूप तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका थिए ।
प्रशासनले लगाएको गरेको कर्फ्यु आदेश आज साँझ ६ बजेसम्म जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण