प्रधानमन्त्रीले तीन मन्त्रीलाई भनिन्– राजीनामा दिनुस्
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्।
- मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाइन्।
- कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन सुझाव दिइएको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै राजनीतिक गतिविधि नगर्नेमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने बताएको ती मन्त्रीको भनाइ थियो । विशेषगरी तीन मन्त्रीमा पनि कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको बताइएको छ ।
हालै कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए । सोही पार्टीमा रास्वपाले कुलमानलाई उपसभापति बनाएको छ ।
यस्तै रास्वपाको गतिविधिमा बब्लु पनि देखिँदै आएका छन् भने सञ्चारमन्त्रीले समेत आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण