प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले भने, ‘म पार्टीको सदस्य होइन’
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा तीन वटा विकासे मन्त्रालयको जिम्मा लिएका कुलमान घिसिङले आफू माथि उठेको प्रश्नबाट पन्छिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक दलको गतिविधिमा सहभागी भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाउँदै कुलमान घिसिङ सहित मन्त्रीहरू जगदीश खरेल र बब्लु गुप्तालाई मार्ग प्रशस्त गर्न भनेकी थिइन् ।
आज इन्जिनियरहरूको एक कार्यक्रममा ऊर्जा मन्त्री समेत रहेका घिसिङलाई नागरिक सरकारको मन्त्री कि रास्वपाको मन्त्री भनेर सोधिएको प्रश्नमा उनले ‘म आजसम्म कुनै राजनीतिक दलको सदस्य होइन’ भन्ने जवाफ दिएका हुन् ।
घिसिङले बचाउ गरे पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरियताको नेता हुन् । उनको संरक्षकत्वमा खुलेको उज्यालो पार्टी नेपालले रास्वपासँग एकता गर्दा उनी रास्वपाका पहिलो वरीयताका उपसभापति हुने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण