सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, को–को बने मन्त्री ? (सूचीसहित)

मङ्गलबार, २२ पुस २०८२, १७ : ०३
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

जसअनुसार भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीमा इन्द्रमणि पराजुली नियुक्त भएका छन् । 

यस्तै आर्थिक मामिलामन्त्रीमा विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त हुँदा उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप