नर्वेकी राजकुमारीका छोरा बलात्कार मुद्दामा दोषी ठहर, चार वर्षको जेल सजाय
सारांश
- नर्वेको जिल्ला अदालतले क्राउन प्रिन्सेसका छोरा मारियस बोर्ग होइबीलाई दुई बलात्कार मुद्दामा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।
- होइबीलाई सन् २०१८ मा स्कागुमस्थित शाही निवास क्षेत्रमा र २०२४ मा ओस्लोमा अर्काे महिलामाथि बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको छ ।
- होइबीले फैसलाविरूद्ध पुनरावेदन गर्ने बताएका छन् ।
काठमाडौँ । नर्वेको राजधानी ओस्लोस्थित जिल्ला अदालतले नर्वेकी राजकुमारी क्राउन प्रिन्सेसका छोरा मारियस बोर्ग होइबीलाई दुई वटा बलात्कार मुद्दामा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।
२९ वर्षीय होइबीलाई अदालतमा उपस्थित नगराई भिडियो लिङ्कमार्फत फैसलाबारे जानकारी गराइएको थियो । उनीमाथि लगाइएका अन्य दुई बलात्कार आरोपबाट भने अदालतले सफाइ दिएको छ, तर अन्य धेरै आपराधिक आरोपमा दोषी ठहर गरेको छ।
अदालतका अनुसार होइबीले सन् २०१८ मा स्कागुमस्थित शाही निवास क्षेत्रमै एक महिलामाथि बलात्कार गरेका थिए । साथै सन २०२४ मा ओस्लोमा अर्काे महिलासँग सम्बन्धित घटनामा पनि उनी दोषी ठहर भएका छन् । उनीमाथि पूर्व प्रेमिका तथा नर्वेजियन इन्फ्लुएन्सर नोरा हाउकल्यान्डलाई दुर्व्यवहार गरेको आरोप पनि प्रमाणित भएको छ ।
तर सन् २०२३ मा लोफोटेन टापु र सन् २०२४ को नोभेम्बरमा ओस्लोको होटलमा भएका अन्य दुई बलात्कार आरोपमा अदालतले उनलाई निर्दोष ठहर गरेको छ। मुद्दा ६ महिलासँग सम्बन्धित थियो, जसमध्ये केवल एक पीडित मात्र फैसलाका क्रममा अदालतमा उपस्थित थिइन् । अभियोजन पक्षले होइबीलाई ७ वर्ष ७ महिनाको जेल सजाय माग गरेको थियो। उनका वकिलहरूले १८ महिनाको सजाय पर्याप्त हुने तर्क गरेका थिए । उनीहरूले फैसलाविरूद्ध पुनरावेदन गर्ने बताएका छन् ।
होइबीकी आमा क्राउन प्रिन्सेस मेटे–मारिट हाल फोक्सोसम्बन्धी गम्भीर रोग पल्मोनरी फाइब्रोसिसबाट पीडित छिन् । उनलाई फोक्सो प्रत्यारोपण सूचीमा राखिएको छ ।परिवारले स्वास्थ्य अवस्थाका कारण होइबीलाई रिहा गर्न माग गर्दै आएको थियो । तर, अदालतले हालसम्म त्यसलाई स्वीकार गरेको छैन। नर्वेको कानुनी प्रक्रियाअनुसार होइबीले अब सजायविरूद्ध पुनरावेदन गर्ने विकल्प प्रयोग गर्न सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले पहिल्याउन सकेन आफ्नै खुट्टामा उभ्याउने बजेटको स्रोत
-
इरानी टोलीका मुख्य खम्बा तारेमी
-
बागमती प्रदेशसभा बैठक सुरु
-
बेलायतमा सामाजिक सञ्जाल चलाउन १६ वर्ष पार गर्नैपर्ने
-
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ४.८३ प्रतिशत रहने, प्रतिव्यक्ति आय राष्ट्रिय भन्दा बढी
-
राजनीतिक तनावको छायामा इरान, विश्वकप तयारीमा अनेक अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण