अर्घाखाँचीबाट टोपबहादुरसहित पाँच जनाको नाम सिफारिस
मङ्गलबार, २२ पुस २०८२, १७ : १०
सारांश
- नेकपा एमालेले अर्घाखाँचीबाट प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।
- सिफारिसमा टोपबहादुर रायमाझी, पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम रहेका छन्।
- जिल्ला कमिटी बैठकले संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
बुटवल । प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ ।
पार्टीका पूर्व सचिव टोपबहादुर रायमाझीसहित जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।
एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण