चिनियाँ लामाविरुद्ध भूमिमन्त्रीसमक्ष उजुरी, मन्त्री भन्छन्– कारबाही गरेरै छाड्छौँ
काठमाडौँ । बौद्ध क्षेत्रको घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाविरुद्ध भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामसमक्ष उजुरी परेको छ ।
बौद्ध क्षेत्रमा अनधिकृत गतिविधि गरेको भन्दै कारबाही गर्न माग गर्दै मन्त्रीसमक्ष गुनासो गरेका हुन् ।
उजुरीमा लामाले पाँच करोड रुपैयाँ घुस खुवाएर गुठीको अध्यक्ष बनेको बौद्ध क्षेत्रको धार्मिक आस्थाविपरितका काम गर्दै आएको दाबी गरिएको छ । बौद्ध क्षेत्रमा प्रवेश नै गर्न नमिल्ने ठाउँमा पैसा लिएर प्रवेश गर्न दिने गरिएको पाइएको छ ।
मन्त्री इङ्नामले आफूकहाँ यसको उजुरी आएको पुष्टि गरे । मंगलबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री इङनामले चिनियाँ लामाले अनधिकृत काम गरिरहेको प्रमाण समेत भेटिएको भन्दै उनीमाथि कारबाही गर्ने बताए ।
‘हामीले मन्दिरमा जाँदा चप्पल खोल्नु परेजस्तै त्यहाँ पनि चप्पल खोल्नुपर्छ । बौद्धस्थित स्तुपाहरूमा बौद्ध धर्मावलम्बीहरूलाई निश्चित ठाउँसम्म मात्रै पूजापाठ गर्न जान दिने अभ्यास छ । स्तुपाको माथि चढ्न त मिल्दै मिल्दैन । तर त्यहाँ ५/१० हजार रुपैयाँ लिएर जुत्ता चप्पल पेटी सबै लगाएर त्यहाँ जान दिने गरिएको रहेछ’ उनी भन्छन्, ‘धेरै गलत काम गरेको भनेर उजुरी आएको छ । म कारबाही गरेरै छोड्छु ।’
बौद्धका अध्यक्ष लामाविरुद्ध बेलाबेलामा उठ्ने गरेको छ । पाँच वर्षअघि उनीविरुद्ध बौद्धवासी आन्दोलनमै उत्रिएका थिए । विश्व सम्पदाको रूपमा सूचीमा रहेको बौद्ध स्तूपमा प्वाल पार्ने, डिजिटल बोर्ड राख्ने जस्ता कार्य गरेको भन्दै सङ्घर्ष समिति नै बनाएर आन्दोलन गरेका थिए ।
यहाँको विकास समिति र लामाबिच यहाँ समय समयमा विवाद हुने गरेको छ । गत असोजमा यही विवादका कारण चिनियाँ लामाले बौद्ध स्तुपामा तालाबन्दी गरिदिएका थिए । पछि बौद्धनाथ क्षेत्र विकास समितिले ताला काटेर सो क्षेत्र खुला गरेको थियो ।
बौद्धनाथ क्षेत्र विकास संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहन्छ भने लामाको नियुक्ति गुठी संस्थान अन्तर्गत भएकोले भूमि व्यवस्था मन्त्रालयले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण