फागुन २१ को निर्वाचन भयरहित बनाउन गृहमन्त्रीको निर्देशन
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण बनाउन निर्देशन दिए।
- बैठकमा सुरक्षा जोखिम मूल्याङ्कन, सूचना सङ्कलन र विश्लेषणलाई तीव्रता दिन जोड दिइयो।
- कर्मचारीलाई सहजकर्ता र उत्प्रेरक बन्न तथा सुरक्षा संयन्त्र चुस्त बनाउन निर्देशन दिइयो।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सातै प्रदेशका कर्मचारी नेतृत्व र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज आयोजित सुरक्षा सम्बन्धी उच्चस्तरीय छलफलमा उनले राष्ट्रिय सुरक्षाको जोखिम मूल्याङ्कन गरी प्रदेश तहबाटै सूचना सङ्कलन र विश्लेषणलाई तीव्र बनाउन जोड दिएका हुन्।
गृहमन्त्री अर्यालको अध्यक्षतामा भएको सो बैठकमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण र सीमा सुरक्षाका विषयमा गहन छलफल भएको थियो। मन्त्री अर्यालले कर्मचारीहरूलाई प्रशासकको भूमिकामा मात्र सीमित नभई सहजकर्ता र उत्प्रेरक बनेर काम गर्न आग्रह गरे। उनले संघीयताको मर्मअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सुरक्षा संयन्त्रलाई चुस्त बनाउन निर्देशन दिँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न समेत ध्यान दिनुपर्ने बताए।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको सुरक्षा संवेदनशीलता र भौगोलिक अवस्थालाई ध्यान दिँदै विगतका कमीकमजोरी सुधार गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचन कमाण्ड पोस्टलाई सक्रिय बनाएर राजनीतिक दलहरूसँगको समन्वयमा स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएका छन्। गृहसचिवले सुरक्षा निकायहरूलाई 'प्रोयाक्टिभ' भएर कार्यसम्पादन गर्न समेत सचेत गराए।
छलफलमा सातै प्रदेशका प्रमुख सचिवहरू र गृह मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति थियो। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका प्रमुख सचिवहरूले आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएका थिए। सरकारले आसन्न निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीतिलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण