पार्टीभित्र फरक मतको सम्मान हुनुपर्छ: गगन थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले विमलेन्द्र निधिलाई पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारको निन्दा गरे।
- थापाले फरक विचारको सम्मान गर्नुपर्ने र यस्ता घटना निन्दनीय भएको बताए।
- विमलेन्द्र निधिमाथि विशेष महाधिवेशन पक्षधरहरूले दुर्व्यवहार गरेका थिए, निधिले विशेष महाधिवेशन सम्भव नहुने बताएपछि।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पूर्वउपसभापति विमलेन्द्र निधिमाथि पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस्तो व्यवहार प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माले यस विषयमा व्यक्त गरेको मतसँग आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् । थापाले असल प्रजातन्त्रवादीले फरक विचार र मतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले लेखेका छन्, ‘असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’ मा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ ।’
थापाले नेपाली कांग्रेस परिवर्तन चाहने पार्टी भएको बताउँदै गर्दै परिवर्तनका लागि पनि विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने बाटो नभएको बताएका छन् ।
‘हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,’ थापाले भनेका छन्।
यसअघि नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको कडा भर्त्सना गरेका थिए । शर्माले राजनीतिमा स्वस्थ राजनीतिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नुपर्ने र यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु सबैको कर्तव्य भएको बताएका थिए ।
मंगलबार केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका निधिमाथि विशेष महाधिवेशन पक्षधरले दुर्व्यवहार गरेका थिए । निधिले विशेष महाधिवेशन सम्भव नहुने धारणा राखेपछि उक्त घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण