मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

बुधबार, २३ पुस २०८२, ०५ : ०७
बुधबार, २३ पुस २०८२

सारांश

  • वाणिज्य विभागले दुई फर्मलाई जरिवाना गरेको छ।
  • मञ्जुश्री प्लास्टिकलाई दुई लाख र श्री पोलिथिनलाई ५० हजार जरिवाना लागेको छ।
  • विभागले १७ उद्योग र फर्मको निरीक्षण गरेको थियो, १५ लाई सुधारको निर्देशन दिइयो।

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ ।

यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई रु ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ २ क, दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ख बमोजिम कारबाही गरिएको हो ।

विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुगमन निरीक्षण गरेको थियो । त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रूपमा अनुगमन तथा निरीक्षण गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप