अध्यक्ष ढकाल र युएई वित्त मन्त्रालयका सचिवबिच भेटवार्ता
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र युएईका वित्त सचिवबीच भेटवार्ता भयो, जसमा आर्थिक सम्बन्ध सुदृढबारे छलफल भयो।
- भेटमा नेपाल र युएईले व्यापार र लगानी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाए, र निजी क्षेत्रको सहकार्यलाई जोड दिए।
- अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराउँदै इमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडानको महत्त्वबारे प्रकाश पारे।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–युएईबिचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली महामहिम राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–युएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबिचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठुला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिनेमा जोड दिए । साथै उनले काठमाडौँका लागि इमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन विस्तारका लागि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे ।
युएईको वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्लाह अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति युएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबिचको सहकार्य बढाउन सकारात्मक रहेको बताए । दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सन् २०१८ मा आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको आतिथ्यता नेपाली खानाले आफू मोहित भएको प्रतिक्रिया दिएका अध्यक्ष ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण