विशेष महाधिवेशन घोषणा सभामा गएनन् महामन्त्रीद्वय थापा र शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १८ गते केन्द्रीय कार्यसम्पादन समितिले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका परिवर्तन गरी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गर्दा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेख्नेमा उनीहरूसहित सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यहरू अर्जुननरसिंह केसी पनि थिए ।
बैठकपछि बाहिरिँदै गर्दा महामन्त्री थापाले अब विशेष महाधिवेशन अपरिहार्य रहेको बताउँदै पुस मसान्तभित्र विशेष महाधिवेशन गरेरै छोड्ने बताएका थिए ।
महामन्त्री थापा र शर्माको निर्देशनमा हस्ताक्षर सङ्कलन गरी २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित कारण खुलाएर विशेष महाधिवेशन माग गर्दै पत्र बुझाएका थिए ।
कांग्रेसको विधानको धारा १७(२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।
यही व्यवस्थालाई टेकेर महामन्त्रीद्वयले पुस मसान्तभित्र विशेष महाधिवेशन घोषणा गरेरै छाड्ने बताएका हुन् ।
उनीहरूको त्यही घोषणा बमोजिम महाधिवेशन पक्षधरले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
त्यो घोषणा सभामा पुस मसान्तभित्रै विशेष महाधिवेशन गरिछाड्ने बताएका महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय केसी र रेग्मी देखिएनन् ।
घोषणा सभामा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, प्रतिमा गौतम र अजयबाबु सिवाकोटीसहितका नेता भने देखिएका थिए ।
त्यस्तै काठमाडौँका जिल्ला सभापति सवुज बानियाँ पनि पत्रकार सम्मेलनमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण