राष्ट्रिय सभा निर्वाचन
कोशीमा ३ पदका लागि ५ जनाको उम्मेदवारी, थापा निर्विरोध
बुधबार, २३ पुस २०८२, १६ : २२
सारांश
- राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ।
- नेकपाका उम्मेदवार हेमराज घिमिरेको वारेसमार्फत पठाएको निवेदनमा हस्ताक्षर नभएका कारण उम्मेदवारी रद्द भयो।
- कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल, रोशनी मेचे तथा नेकपाबाट खेम सुन्दास र नमिता न्यौपानेको उम्मेदवारी परेको छ।
विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध भएका छन् ।
नेकपाका उम्मेदवार हेमराज घिमिरेले वारेसमार्फत पठाएको निवेदन र फारममा हस्ताक्षर नभएपछि उनको उम्मेदवारी कायम भएन । उक्त क्लष्टरमा सुनिल थापाको मात्रै नाम रहेको निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।
यस्तै कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र नमिता न्यौपाने (महिला)को उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण