‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी
सारांश
- बाल जोशी 'वल्र्ड म्याराथन च्यालेञ्ज' मा सहभागी हुने भएका छन्।
- यो म्याराथन सात महादेशमा सात दिनसम्म चल्नेछ, जसमा उनी २९४ किमी दौडिने छन्।
- जोशीले नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिनेछन्।
काठमाडौँ । सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।
अन्टार्कटिकाबाट सुरु भएर अमेरिकाको मियामीमा सम्पन्न हुने उक्त म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाडी हुन् । ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’ आगामी माघ १७ देखि २३ गतेसम्म चल्ने छ । उनी ४२ दशमलव १९ किमी दूरी रहने म्याराथनका सात सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन् । जोशी नेपाली पोसाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिने बताइएको छ ।
‘वर्ल्ड म्याराथन च्यालेञ्ज’ सन् २०१५ देखि सुरु भएको हो । उक्त म्याराथनमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ धावक सहभागी हुने बताइएको छ । जोशी सन् २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका छन् । सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनी यसअघि विश्वका दुई दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण